Menu

आजको मौसम

स्थानीय तह निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले दियो चैत ५ को डेडलाइन

Author
News Feed |
November 16, 2026
Featured

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी थालेको छ । निर्वाचन आयोगको परामर्शपछि सरकार निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो ।

२०७९ वैशाखमा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनअघि निर्वाचन हुनुपर्ने कानूनी व्यवस्था छ । २०७९ जेठ ५ गतेबाट अहिलेका जनप्रतिनिधिले काम थालेको मितिलाई गणना गर्दा चैत ५ सम्म निर्वाचन गर्न सकिने गरी आयोगले राय दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले स्थानीय तह निर्वाचनका लागि उपयुक्त मिति सरकारलाई सुझावका रूपमा दिइसकेको बताए ।

भट्टराईले भने– स्थानीय तह निर्वाचनका लागि १२० दिन (४ महिना) समय कानूनले भनेको छ । अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनाघि निर्वाचन गर्नुपर्ने भएकाले आयोगले चैतको मिति सुझाएको छ । अब सरकारले उपयुक्त मितिमा निर्वाचन घोषणा गर्छ ।

चैत ५ भित्र निर्वाचन गर्नका लागि सरकारले मंसिर पहिलो साता मन्त्रिपरिषद बैठकबाट मिति तोक्नुपर्ने हुन्छ । रास्वपा सभापति रवि लामिछाने फर्किसकेपछि प्रधानमन्त्रीले सल्लाह गरेर निर्वाचनको मिति तोक्ने बताइएको छ । आयोगले यसअघि नै निर्वाचनमा भाग लिने दलहरूसँग परामर्श गरेर सरकारलाई सुझाव दिइसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3