Menu

आजको मौसम

निशा डाँगी र मुकुल ढकाल विवाह बन्धनमा बाँधिँदै

Author
News Feed |
November 19, 2026
Featured

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन् ।

आगामी मंसिर १० गतेका लागि उनीहरूको विवाहको मिति तय भएको छ । हाल विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा कार्ड छपाइलगायत विवाहको अन्य तयारी तीव्र पारिएको छ । आजै ढकालले ग्रह पूजा गरेका छन् ।

विवाहको मिति तय भएको र तयारी सुरु भइसकेको विषयमा परिवार निकट स्रोत तथा आफन्तले पुष्टि गरेका छन् । यद्यपि, विवाहका विषयमा आफन्त र सम्बन्धित पक्षले मिडियामा भने औपचारिक रूपमा बोल्न चाहेनन् ।

विवाह समारोह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने तय भएको बताइएको छ । मुकुल र निशाबीचको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बन्दै आएको थियो ।

डाँगी रास्वपाकी सह–महामन्त्री हुन् भने उनी २०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।

गएको फागुन २१ को निर्वाचनमा डाँगीले झापा–१ बाट प्रत्यक्ष सांसदमा निर्वाचित भएकी हुन् । डाँडी र ढकालबीच रास्वपा स्थापना हुनु अगाडिदेखि नै प्रेम सम्बन्ध रहेको चर्चा थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3