Menu

आजको मौसम

मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

Author
News Feed |
November 11, 2026
Featured

जनकपुरधाम , कार्तिक २५ –

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। उनले शनिबार दिउँसो १ बजे विश्वासको मत लिने गरी प्रदेशसभा बैठक आह्वान गर्न सचिवालयलाई पत्राचार गर्ने तयारी गरेका हुन्।

सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सदनबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। मुख्यमन्त्री यादवले सरकारको निरन्तरताका लागि आवश्यक समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

यसअघि एमालेका चार मन्त्रीले असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसैगरी, नेकपाका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिएका थिए।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार कायम राख्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २३, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन्। यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद रहेका छन्।

दुई दलको समर्थन फिर्तापछि बहुमतको चुनौती सामना गरिरहेका मुख्यमन्त्री यादवले विश्वासको मतमार्फत आफ्नो सरकारको भविष्य टुंगो लगाउने तयारी गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3