Menu

आजको मौसम

छठघाटमा डिजे बजाएर होडबाजी गर्ने वीरगंजमा पाँच जना पक्राउ

Author
News Feed |
November 17, 2026
Featured

वीरगंज, मंसिर १ –

पर्साको वीरगंज महानगरपालिका–१७ केहुनिया र वडा नम्बर १९ बर्वास्थित छठघाटमा चर्को आवाजमा डिजे बजाएर होडबाजी गर्ने पाँच जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

गत आइतबार साँझ तिलावे नदीको दुई किनारमा रहेका छुट्टाछुट्टै छठघाटमा चर्को आवाजमा डिजे बजाएर होडबाजी गरिएको घटनामा संलग्न उनीहरूलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२५ का २२ वर्षीय रोशन पटेल, २५ वर्षीय चन्दन पटेल, वडा नम्बर १० का पृथ्वी कार्की, बाराको प्रसौनी गाउँपालिका–३ का ३५ वर्षीय दिनेश पटेल र वडा नम्बर २ का २८ वर्षीय मञ्जुर हवारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार दुवै छठघाटमा डिजे जडान गर्ने कम्पनीका सञ्चालक तथा कर्मचारीलाई छठघाटबाटै नियन्त्रणमा लिइएको हो। प्रहरीले दुवै स्थानमा जडान गरिएका डिजे सेटसमेत जफत गरेको छ।

चर्को आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण गर्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्यमा संलग्न उनीहरूलाई हिरासतमा राखी कानुनबमोजिम म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत वर्षको छठ पूजामा पनि दुवै छठघाटबीच चर्को आवाजमा डिजे बजाएर होडबाजी भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3