Menu

आजको मौसम

पर्सा र बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

Author
News Feed |
November 20, 2026
Featured

वीरगंज , मङ्सिर ४ –

वीरगंज महानगरपालिकासहित पर्सा र बाराका चारवटा पालिकामा एकीकृत सार्वजनिक यातायात सेवा अर्थात् नगर बस सञ्चालन गर्ने तयारी गरिएको छ। बिहीबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको अन्तरपालिका बैठकले यही मंसिरभित्र सेवा सञ्चालन गर्ने लक्ष्यसहित तयारी अघि बढाउने निर्णय गरेको हो।

नगर बस सञ्चालनका लागि चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको कोष स्थापना गरिनेछ। जसमा वीरगंज महानगरपालिकाले ४० लाख, जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ जम्मा गर्नेछन्।

बैठकले यातायात सेवा सञ्चालनसम्बन्धी प्रतिवेदन संशोधनसहित पारित गर्दै मंसिर ७ गतेभित्र कार्यविधि तयार पार्ने जिम्मेवारी कार्यदललाई दिएको छ। नगर बस सञ्चालन भएपछि ग्रामीण क्षेत्रका नागरिकलाई बजार, अस्पताल, शैक्षिक संस्था र सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3