Menu

आजको मौसम

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेकी डा. अग्रवाल हाजिर जमानीमा रिहा

Author
News Feed |
November 11, 2026
Featured

काठमाडौं , कार्तिक २५ –

इन्डोनेसिया जान लागेकी स्त्रीरोग विशेषज्ञ डा. ज्योति अग्रवाललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी बुधबार रिहा गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार पक्राउ गरेकी उनलाई अदालतमा उपस्थित हुने सर्तमा हाजिर जमानीमा रिहा गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार जटिल स्वास्थ्य समस्याका कारण उनलाई रिहा गरिएको हो।

विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवाल मुख्य प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दामा डा. ज्योति पनि प्रतिवादी रहेकी छन्। उनी दीपेन्द्रकी दिदी हुन्।

अनुसन्धानका क्रममा डा. ज्योतिको बैंक खाताबाट दीपेन्द्रको खातामा रकम कारोबार भएको देखिएपछि उनलाई पनि मुद्दामा प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ। यसअघि दीपेन्द्र अग्रवाल कात्तिक १९ गते १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3