Menu

आजको मौसम

मधेशमा नयाँ सरकार गठन अन्योलमा

Author
News Feed |
November 20, 2026
Featured

पर्सा , मङ्सिर ४-

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन लाग्दासमेत दलहरूबीच सहमति जुट्न सकेको छैन। कुनै पनि दलसँग एकल बहुमत नभएकाले तीनदेखि चार दलको सहकार्यमा मात्रै नयाँ सरकार गठन हुने अवस्था छ।

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका थिए। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आज शुक्रबारसम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन्।

एमाले र नेकपाले जनता समाजवादी पार्टी नेपालका नेतृत्वमा सरकार गठन गर्न चाहेका छन्। तर, प्रदेशसभाको सबैभन्दा ठूलो दल जसपा नेपालले निर्णय गर्न नसक्दा सरकार गठन प्रक्रिया अन्योलमा परेको छ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा जसपा नेपालका २८, एमालेका २४, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन्। नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3