Menu

आजको मौसम

श्रमिक ठगी प्रकरण : पूर्व मुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

Author
News Feed |
November 19, 2026
Featured

पर्सा , मङ्सिर ३ –

मलेशिया जाने श्रमिकमाथि भएको ठगी तथा सङ्गठित अपराध प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

मलेशिया जाने श्रमिकबाट डेढ अर्ब रुपैयाँभन्दा बढी ठगी भएको र गैरकानुनी रूपमा सङ्कलित रकम मलेशिया पठाउने निर्णयमा अर्यालको संलग्नता देखिएको भन्दै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार यस प्रकरणमा पूर्व श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिव गरी ६ जना यसअघि नै पक्राउ परिसकेका छन्।

प्रहरीका अनुसार गैरकानुनी रूपमा सङ्कलित ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेशिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ। श्रमिकलाई ठगी गर्ने कार्यमा मौन बसेको र कानुनी उपचार नगरेको आरोपमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3