पर्सा , मंसिर १ -
सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय गाउँसभा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।
गाउँसभाको माइन्युटमा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको भन्दै दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले राय पक्राउ परेको पुष्टि गर्दै बुधबार अदालतमा पेस गरिने जानकारी दिएका छन् । प्रहरीले घटनाबारे थप विवरण भने सार्वजनिक गरेको छैन ।
राय गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
साभार:
घण्टाघर टिभी