Menu

आजको मौसम

वीरगंजका प्रमुख छठघाटमा तयारी पूरा, सुरक्षा र सांस्कृतिक कार्यक्रमलाई विशेष प्राथमिकता

Author
News Feed |
November 14, 2026
Featured

वीरगंज , कार्तिक २८ –

लोकआस्थाको महापर्व छठलाई लक्षित गर्दै वीरगंजका प्रमुख छठघाटहरूमा तयारी पूरा भएको छ। ऐतिहासिक घडिअर्वा, लाछुमनवा र स्विमिङ पुल छठघाटमा सजावट, सुरक्षा तथा व्यवस्थापनका काम सम्पन्न भएका छन्।

ऐतिहासिक घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारीगरहरूले विशेष सजावट गरेका छन्। व्यवस्थापनमा करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यहाँ ५ हजार ५०० व्रतालु र लाखौँ दर्शनार्थी आउने अपेक्षा गरिएको छ। २५० रुपैयाँको चिट्ठामा मोटरसाइकल, एसी, फ्रिजलगायत ८१ प्रकारका उपहार राखिएका छन्। सभामुख डीपी अर्याल साँझको अर्घ्य तथा नेपाली कांग्रेसका सभापति गगन थापा दम्पतीसहित उदाउँदो सूर्यलाई अर्घ्य दिन आउने कार्यक्रम रहेको समितिले जनाएको छ।

घडिअर्वा घाटमा सुरक्षाका लागि २४ सै घण्टा प्रहरी परिचालन, २० भन्दा बढी सीसीटीभी क्यामेराबाट निगरानी तथा ६० जना स्वयंसेवक परिचालन गरिएको छ। एम्बुलेन्स, दमकल र प्राथमिक उपचार शिविरको समेत व्यवस्था गरिएको छ।

यस्तै, वीरगंज महानगरपालिका–१५ स्थित लाछुमनवा छठघाटमा भारतीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने भएको छ। भारतको कानपुरबाट आउने पप्पु बिहारी, रञ्जन बिहारी, जितु तिवारीसहित तीन महिला कलाकारले रातभर सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्। कार्यक्रमका लागि ३ लाख रुपैयाँ छुट्याइएको छ भने समग्र व्यवस्थापनमा १५ देखि १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यहाँ करिब ५०० व्रतालु सहभागी हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, स्विमिङ पुल छठघाटको तयारी पनि पूरा भएको छ। समितिका अध्यक्ष नन्दु प्रसाद ठाकुरका अनुसार यहाँ सीसीटीभी र ड्रोनबाट निगरानी गरिनेछ भने ५० जना स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन हुनेछन्। व्यवस्थापनमा ८ देखि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चिट्ठामार्फत इलेक्ट्रिक साइकल, टेलिभिजन, फ्रिज, साइकल र टिफिन बक्सलगायत उपहार राखिएको छ। यहाँ करिब ५०० व्रतालु आउने अनुमान गरिएको छ। सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै बीमाको व्यवस्थासमेत गरिएको छ। यस घाटमा विगत १७ वर्षदेखि छठ पूजा हुँदै आएको छ।

समग्रमा वीरगंजका छठघाटहरूमा व्रतालु तथा दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै सजावट, सुरक्षा, स्वास्थ्य सेवा र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3