Menu

आजको मौसम

एन्फामाथिको प्रतिबन्ध फुकाउन फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता

Author
News Feed |
November 20, 2026
Featured

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता गरेका छन् ।

बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री पोखरेलले फिफा र एफसीका प्रतिनिधिलाई उपहारसमेत दिएका थिए।

भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको निलम्बन फुकुवा गर्ने विषयमा पनि सकारात्मक वार्ता भएको मन्त्री पोखरेलले बताए। छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषय उठेको थियो।

छलफलकै क्रममा एन्फाले पनि तहगत निर्वाचन गर्ने सहमति भएपछि यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथिको प्रतिबन्ध पनि फुकुवा गरेको हो। राखेपले प्रतिबन्ध हटाएसँगै अब फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ। योसँगै सबै प्रशासनिक प्रक्रिया पूरा गरी प्रतिबन्ध फुकुवा हुने प्रक्रियामा जाने बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3