Menu

आजको मौसम

भारतमा कोलकाता–सैराङ एक्सप्रेस दुर्घटनाग्रस्त

Author
News Feed |
November 11, 2026
Featured

गुवाहाटी , कार्तिक २५ –

भारतको असम राज्यस्थित गुवाहाटीको बाहिरी क्षेत्रमा बुधबार बिहान कोलकाता–सैराङ एक्सप्रेस रेल दुर्घटनामा परेको छ।

डिगारू रेलवे स्टेसन नजिक बिहान करिब ६ः५४ बजे भएको दुर्घटनामा रेलको इन्जिनसहित सातवटा युनिट पटरीबाट खसेका छन्। मिजोरमको सैराङबाट कोलकातातर्फ गइरहेको रेल दुर्घटनामा केही यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनालगत्तै रेलवेका उद्धार तथा प्राविधिक टोली घटनास्थल पुगेका थिए। पूर्वोत्तर सीमावर्ती रेलवेका प्रमुख जनसम्पर्क अधिकारी कपिन्जल किशोर शर्माले दुर्घटनाको पुष्टि गरेका छन्।

दुर्घटनाको कारण, घाइतेको यकिन संख्या र उनीहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3