Menu

आजको मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन नहाय–खाय , यस्तो छ विधि

Author
News Feed |
November 13, 2026
Featured

वीरगंज , कार्तिक २७ –

आस्था र श्रद्धाको महापर्व छठ आजदेखि सुरु भएको छ। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले नहाय–खाय विधि गर्दैछन्। यस दिनलाई अरबा–अरबाइन पनि भनिन्छ।

नहाय–खायका दिन व्रतालुहरूले स्नान गरी शुद्ध र सात्विक भोजन ग्रहण गर्दै व्रतको सुरुवात गर्छन्। यस अवधिमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरलगायतका खाद्यपदार्थ त्याग्ने परम्परा छ। छठ पर्वमा शुद्धता, संयम र पवित्रतालाई विशेष महत्त्व दिइन्छ।

छठ पर्वका लागि आवश्यक गहुँ, गम्हरीलगायतका पूजासामग्री केही दिनअघिदेखि नै तयार पार्ने गरिन्छ। गम्हरीलाई साठीसमेत भनिन्छ। छठमा प्रयोग हुने नैवेद्य तथा प्रसाद तयार पार्न यसको चामल प्रयोग गर्ने परम्परा रहेको छ।

आरोग्य, सुख, शान्ति तथा सन्तान प्राप्तिको कामनासहित सूर्यदेव र छठी माताको पूजा गरिने यस पर्वमा व्रतालुहरूले कठोर नियम र निष्ठाका साथ उपवास बस्ने गर्छन्। छठलाई प्रकृति, सूर्य र जलप्रतिको आस्था एवं कृतज्ञता प्रकट गर्ने पर्वका रूपमा समेत लिइन्छ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ। बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न हुन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3