रक्सौल , मङ्सिर ३ –
भारतको आदापुरस्थित श्यामपुर चोकबाट ७६.६६ ग्राम स्म्याकजस्तो लागुऔषधसहित एक नेपाली नागरिक पक्राउ परेका छन्।
भारत–नेपाल सीमा क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि सञ्चालन गरिएको संयुक्त अभियानअन्तर्गत एसएसबी र आदापुर प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपालका कलैया जिल्ला अन्तर्गत देवापुर थाना क्षेत्रको फुलवरिया निवासी मनोहर सिंह रहेका छन्। उनी जयराम सिंहका छोरा हुन्।
प्रहरीका अनुसार सिंहको साथबाट ७६.६६ ग्राम स्म्याकजस्तो लागुऔषध बरामद भएको छ। पक्राउपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको छ।
सीमा क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी र अभियानलाई निरन्तरता दिँदै आएका छन्।
साभार:
घण्टाघर टिभी