वीरगंज, मंसिर १ –
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश २–००४ प २०४६ नम्बरको मोटरसाइकलले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा मिथिलाबिहारी नगरपालिका–९ कटरेज टोलका २६ वर्षीय प्रशान्तकुमार यादव गम्भीर घाइते भएका थिए।
घाइते यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साभार:
घण्टाघर टिभी