Menu

आजको मौसम

वीरगंज चिनी कारखाना सञ्चालन गर्न पहिलो वर्ष १ अर्ब १८ करोड लाग्ने

Author
News Feed |
November 20, 2026
Featured

पर्सा , मंसिर ४ –

२४ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालन गर्न पहिलो वर्ष एक अर्ब १८ करोड रुपैयाँ आवश्यक पर्ने सरकारी कार्यदलले अनुमान गरेको छ। कार्यदलले कारखानाको उत्पादन क्षमता दैनिक एक हजार ५०० टनबाट बढाएर तीन हजार टन पुर्‍याउने र आधुनिक प्रविधिसहित सञ्चालन गर्ने विकल्प अघि सारेको छ।

तर, कारखाना पुनः सञ्चालनका लागि पुराना मेसिन र उपकरणको अवस्था, कानुनी अन्योल, जग्गाको स्वामित्व तथा आर्थिक दायित्व प्रमुख चुनौतीका रूपमा देखिएका छन्। करिब ६ दशक पुरानो प्रविधिमा आधारित बोइलर, टर्बाइन र विद्युतीय प्रणालीको वास्तविक अवस्था विस्तृत परीक्षणपछि मात्रै थाहा हुने कार्यदलले जनाएको छ। मर्मत गरेर सञ्चालन गर्न नसकिने अवस्था भए नयाँ उपकरण जडान गर्नुपर्ने र लागत बढ्न सक्ने जोखिम छ।

त्यस्तै, कम्पनी खारेजीको निर्णय भए पनि कम्पनी रजिस्ट्रारको कार्यालयमा कानुनी अस्तित्व कायम रहनु, जग्गाको स्वामित्व तथा उपयोगबारे स्पष्टता नहुनु र १८५ जना पूर्वकर्मचारीको तलबभत्ता तथा क्षतिपूर्तिसम्बन्धी दायित्व टुंगिन नसक्नु पनि समस्या हुन्। सिमराको पुरानो उखु फार्मको जग्गा विशेष आर्थिक क्षेत्रका लागि हस्तान्तरण भइसकेकाले उखुको गुणस्तरीय बीउ उत्पादनका लागि आवश्यक करिब ४५० बिघा जग्गाको व्यवस्थापनसमेत गर्नुपर्नेछ।

कार्यदलका अनुसार पुरानै क्षमतामा मर्मत गरी सञ्चालन गर्दा पहिलो वर्ष ५५ करोड रुपैयाँ र क्षमता विस्तार तथा आधुनिकीकरण गर्दा एक अर्ब १८ करोड रुपैयाँ खर्च हुनेछ। क्षमता विस्तारको योजनामा ९५ करोड रुपैयाँ पुँजीगत लगानी र २३ करोड रुपैयाँ सञ्चालन खर्च अनुमान गरिएको छ। कार्यदलले सार्वजनिक–निजी साझेदारीमा २५ देखि ३० वर्षसम्म निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिन सकिने विकल्प पनि अघि सारेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3