Menu

आजको मौसम

कुखुरा लुट प्रकरणमा व्यवसायी सङ्घको खण्डन, आरोप निराधार भएको दाबी

Author
News Feed |
October 01, 2026
Featured

पर्सा , असोज १५ –

पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र ५ लाख रुपैयाँ लुटिएको आरोप निराधार रहेको भन्दै पर्सा ग्रामीण कुखुरा व्यवसाय सङ्घले खण्डन गरेको छ।

आर्या फ्रेस हाउस एण्ड सप्लायर्सका सञ्चालक फिरोज अन्सारीले मंगलबार राति पर्साको धोबिनी गाउँपालिका–३, गुलरियास्थित क्यामुदिन पोल्ट्री फर्मका सञ्चालक क्यामुदिन मियाँले आफ्नो चालकबाट कुखुरा र रकम लुटेको आरोप लगाउँदै बुधबार पत्रकार सम्मेलन गरेका थिए।

त्यसको खण्डन गर्दै सङ्घले बिहीबार जिल्ला समन्वय समिति पर्सा परिसरमा पत्रकार सम्मेलन गरी घटना लुटपाट नभएको दाबी गरेको हो।

सङ्घका अध्यक्ष देवेन्द्र प्रसाद आजादका अनुसार क्यामुदिन मियाँले फिरोज अन्सारीबाट कुखुराको करिब साढे ६ लाख रुपैयाँ भुक्तानी लिन बाँकी थियो। पटक–पटक रकम माग्दा समेत आलटाल गरेपछि बाध्य भएर गाडी रोकी कुखुरा मात्र खसालिएको उनको दाबी छ।

“क्यामुदिन मियाँले फिरोजसँग साढे ६ लाख रुपैयाँ कुखुराको बाँकी रकम लिनुपर्ने छ। पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेपछि बाध्य भएर गाडी रोकेर कुखुरा मात्र खसालिएको हो,” अध्यक्ष आजादले भने।

सङ्घले फिरोज अन्सारीमाथि विभिन्न किसान तथा व्यवसायीको २५ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको आरोपसमेत लगाएको छ। अध्यक्ष आजादले आफ्नो करिब १५ लाख रुपैयाँ, बहुदरमाईका सोनम फ्रेस हाउसका सञ्चालक अनिल प्रसाद यादवको ९४ हजार, वीरगन्ज–२७ घुर्मीका दाना डिलर मनोज पटेलको २ लाख ५० हजार, वीरगन्ज–१९ विन्दवासिनीका अनिश सप्लायर्सका सञ्चालक रामअयोध्या कलवारको ४० हजार र आसवारीका पिन्टु पटेलको २ लाख रुपैयाँलगायत रकम बाँकी रहेको दाबी गरे।

सङ्घका अनुसार रकम असुलीका लागि पटक–पटक सम्पर्क गर्दा पनि अन्सारी सम्पर्कमा नआएपछि व्यवसायी तथा किसानहरूले गाडी रोकेर कुखुरा खसालेका हुन्।

गाडी रोक्नु र कुखुरा नियन्त्रणमा लिनु कानुनी रूपमा उचित नभए पनि घटनाबारे जानकीटोला प्रहरीलाई जानकारी गराई गाडी बुझाउन खोजिएको सङ्घको दाबी छ। प्रहरीले गाडी नबुझेपछि चालकले क्यामुदिनको फर्म अगाडि गाडी पार्क गरेर वीरगन्ज फर्किएको र त्यसपछि अन्सारीले पत्रकार सम्मेलन गरी लुटपाटको आरोप लगाएको सङ्घको भनाइ छ।

घटनाका सम्बन्धमा दुवै पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। सङ्घले शुक्रबार पोखरिया प्रहरीको रोहबरमा दुवै पक्षबीच छलफल गराई विवाद समाधानका लागि पहल भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3