वीरगंज, १८ असोज — वीरगंज कपडा बैंकले घण्टाघरस्थित स्व. रामजनम तिवारी बाबाको सालिक परिसरमा नियमित मासिक निश्शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको यस कार्यक्रममा नयाँ तथा पुराना गरी करिब ५ सय ५० थान कपडा वितरण गरिएको सदस्य नवराज भट्टराईले जानकारी दिए। बैंकले प्रत्येक आइतवारदेखि शुक्रवारसम्म (बिहान १० देखि ६ बजे) र शनिवार (१ बजेसम्म) वडा नम्बर ८ स्थित कार्यालयबाट पनि विपन्न तथा असहायहरूलाई नियमित रूपमा कपडा उपलब्ध गराउँदै आएको छ।
प्रमुख अतिथि अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी,ले विगत ७ वर्षदेखि विपद्का बेला पीडितहरूको घरआगनमै पुगेर सहयोग गर्दै आएको र आगामी दिनमा निश्शुल्क भोजन सेवा सञ्चालन गर्ने योजना रहेको बताए। साथै, सबैलाई आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत रकम सामाजिक सेवामा खर्चिन आग्रह गरे।
वडा अध्यक्ष रितेश गुप्ताले समाजसेवाको यो कार्य आफ्नै वडामा हुनु गर्वको विषय भएको बताउँदै आगामी दिनमा पनि यस्ता सत्कर्ममा निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा संस्थापक सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता र अध्यक्ष लालबाबू सिंहले सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी तथा पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा आशुतोष तिवारी, अधिवक्ता त्रीलोक प्रताप सिंह, रामनरेश यादव, श्रीराम गिरि, नन्दलाल अहिर (अध्यक्ष, नेपाल प्रौढ संघ पर्सा), हुकुम सिंह राजपुत, श्रवण बहादुर रायमाझी (सचिव, सामुदायिक प्रहरी कुम्हालटोल), घण्टाघर प्रहरी पोस्टका हवल्दार सिंह, आकाश पटेल, निला राम, शिव श्रेष्ठ, सुरज श्रीवास्तव, कर्मचारी मिथलेश श्रीवास्तव लगायतको सहभागीता रहेको थियो।