Menu

आजको मौसम

जीतपुरका सात चोरी घटनामा संलग्न रहेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

Author
News Feed |
October 01, 2026
Featured

सिमरा, असोज १५ –

बाराको जीतपुर क्षेत्रमा भएका विभिन्न चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जीतपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–६ का हसमुदिन अन्सारीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट अन्सारी जीतपुर क्षेत्रमा भएका सातवटा चोरीका घटनामा संलग्न रहेको खुलेको छ। चोरीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बुधबार राति जीतपुरसिमरा–७ स्थित पडा बजारमा शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले चेकजाँच गर्दा उनको साथबाट १७ हजार ३ सय रुपैयाँ नगद, प्लास, रेन्च, मोबाइल चार्जरको टाउको, ब्लुटुथ तथा सिन्काका प्याकेटलगायत सामग्री बरामद भएको जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो घटनामा पडा बजारस्थित संगम कोल्ड ड्रिङ्क्सको पसलको जस्ताको छानो हटाएर नगद तथा विभिन्न सामान चोरी भएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका किशोरले चोरीमा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ।

प्रहरीले पक्राउ परेका किशोरलाई इलाका प्रहरी कार्यालय जीतपुरमा राखेर चोरीका अन्य घटनासँग समेत जोडेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3