Menu

आजको मौसम

गुवाहाटीमा गिलको आँधी, शतकको वर्षा

Author
News Feed |
October 01, 2026
Featured

गुवाहाटी । भारतले आफ्नो ५२ वर्षे एकदिवसीय क्रिकेट इतिहासमा पहिलो पटक ४०० रनभन्दा माथिको लक्ष्य पूरा गरेको छ।

गुवाहाटीमा बुधबार खेलिएको शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाउँदै ४०५ रन बनाएको थियो। जवाफमा भारतले ४३.३ ओभरमा मात्र २ विकेट गुमाएर ऐतिहासिक जित हासिल गर्‍यो। यससँगै भारतले तीन खेलको शृङ्खलामा २-० को अग्रता लिएको छ।

कप्तान शुभमन गिल भारतको जितका नायक बने। उनले एकदिवसीय क्रिकेटकै सबैभन्दा छिटो दोहोरो शतक प्रहार गरे। गिलले ११७ बलमै २०० रनको आँकडा पार गरेका थिए। उनले १३३ बलमा अविजित २२३ रन बनाउँदा २६ चौका र ८ छक्का प्रहार गरे।

गिलले रोहित शर्मासँग पहिलो विकेटका लागि २५५ रनको साझेदारी गरे। रोहितले आफ्नो ३५औँ शतक पूरा गर्दै १०१ रन बनाए। विराट कोहली २९ रनमा आउट हुँदा गिललाई साथ दिन आएका ऋतुराज गायकवाड ३१ रनमा अविजित रहे।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3