Menu

आजको मौसम

दोधारा–चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि प्रदेश सरकारको पहल

Author
News Feed |
October 01, 2026
Featured

कञ्चनपुर , असोज १५ –

महाकाली नदीमा आएको बाढीले पिल्लर भत्किएर क्षतिग्रस्त दोधारा–चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले पहल थालेको छ।

प्रदेशको यातायात पूर्वाधार निर्देशनालयको प्राविधिक टोलीले पुलको क्षतिग्रस्त संरचनाको स्थलगत अध्ययन सुरु गरेको हो।

निर्देशक जगतप्रसाद जोशी र झोलुङ्गे पुल विज्ञ इन्जिनियर प्रकाश बमसहितको टोलीले क्षतिको अवस्था तथा पुनर्निर्माणको सम्भावनाबारे अध्ययन गरिरहेको छ।

बाढीले पुलको एउटा पिल्लर भत्काउनुका साथै करिब ६ मिटर भागमा क्षति पुर्‍याएको छ। क्षतिग्रस्त संरचनाबाट तत्काल आवागमन सञ्चालन गर्दा जोखिम हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले संघीय सरकारले जिम्मेवारी दिए प्रदेश सरकार पुनर्निर्माण गर्न तयार रहेको बताए। उनले प्राविधिक अध्ययनपछि क्षतिको वास्तविक अवस्था र लागत यकिन गरी प्रक्रिया अघि बढाइने जानकारी दिए।

भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने उक्त पुल संघीय सरकारको क्षेत्राधिकारमा पर्छ। प्रदेश सरकारले भने संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी पुनर्निर्माण अघि बढाउने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3