Menu

आजको मौसम

ककपिटमा चक्कु प्रहारपछि पनि पाइलटले सम्हाले विमान, १७४ यात्रुको ज्यान जोगियो

Author
News Feed |
October 01, 2026
Featured

पर्सा, असोज १४ –

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाइदुबईको एफ जेड १०७३ उडानमा ककपिटभित्र भएको हिंसात्मक घटनापछि ठूलो दुर्घटना टरेको छ। उडानका क्रममा सहपाइलटले क्याप्टेन स्मित मच्छहरमाथि चक्कु प्रहार गरेपछि विमान तीव्र गतिमा तल झरेको थियो।

गम्भीर घाइते भए पनि क्याप्टेन मच्छहरले ककपिटको ढोका खोल्न सफल भएका थिए। त्यसपछि यात्रु, चालक दलका सदस्य र विमानमा रहेका अतिरिक्त पाइलटहरूले ककपिटमा प्रवेश गरी आक्रमणकारी सहपाइलटलाई नियन्त्रणमा लिएका थिए।

विमानले करिब १४ हजार फिटको उचाइ केही समयमै गुमाएपछि थप पाइलटहरूले नियन्त्रण सम्हालेका थिए। त्यसपछि विमानलाई साउदी अरेबियाको तबुक विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो। विमानमा रहेका सबै यात्रु सुरक्षित रहेको फ्लाइदुबईले जनाएको छ।

घटनामा क्याप्टेन मच्छहर र सहपाइलट दुवैलाई अस्पताल लगिएको बताइएको छ। क्याप्टेन मच्छहर भारतीय मूलका पाइलट भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

घटनाको वास्तविक कारण र सहपाइलटको उद्देश्यबारे अनुसन्धान भइरहेको छ। इजरायली अधिकारीहरूले भने घटनालाई विमान दुर्घटनातर्फ लैजाने प्रयासका रूपमा वर्णन गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3