Menu

आजको मौसम

कांग्रेस नेता तनवीर रास्वपामा प्रवेश

Author
News Feed |
September 13, 2026
Featured

वीरगंज । नेपाली कांग्रेसका नेता तनवीर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर १ का सांसद हरि पन्त र रास्वपाका क्षेत्र नम्बर १ का सभापति युवा नेता तेज शमशेर जबराले अन्सारीलाई खादा तथा माला लगाएर पार्टीमा औपचारिक स्वागत गरेका हुन् ।
रास्वपा पर्सा जिल्ला अध्यक्ष तथा सांसद हरि पन्तले देशमा परिर्वतन र सुशासनका लागि युवा तथा समावसेवीहरूको रास्वपाप्रतिको आकर्षण बढ्दै गएको बताए। उनले भने, “पुराना दलहरूको परम्परागत शैलीबाट आजित भएका जनता र समाजका अगुवाहरू अहिले विकल्पको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिरहनुभएको छ। तनवीर अन्सारी जस्ता प्रभावशाली व्यक्तित्वहरूको आगमनले पर्सामा रास्वपा थप मजबुत भएको छ।”
वीरगंज महानगरपालिका वडा नं. ३ का युवा नेता, समाजसेवी तथा नेपाली कांग्रेसका पूर्व वडा सदस्य उम्मेदवार समेत रहेका तनवीर अन्सारीले सर्वसाधारणको सेवा र क्षेत्रको विकासका लागि आफूले रास्वपाको अभियानलाई रोजेको र आगामी दिनमा जनताको हकहितका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । तनवीर अन्सारी गत स्थानीय निवनर्चनमा नेपाली कांग्रेसका पूर्व वडा सदस्य उम्मेदवार थिए उनले एक हजार भन्दा बडि मत ल्याएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3