Menu

आजको मौसम

नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु

Author
News Feed |
September 12, 2026
Featured

नयाँ दिल्ली , भदौ २७ –

भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङ १० वर्षपछि एउटै मञ्चमा देखिएका छन् ।

सन् २०२० को गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा रहेका राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच आज साँझ द्विपक्षीय वार्ता हुँदैछ । वार्तामा लामो समयदेखि कायम सीमा विवाद, व्यापारलगायत विषयमा छलफल हुने बताइएको छ ।

भारतको अध्यक्षतामा भइरहेको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रबीच स्थानीय मुद्रामा व्यापार र अन्तरदेशीय डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने विषयलाई प्राथमिकता दिइनेछ । समूहमा ११ सदस्य राष्ट्र छन् ।

सम्मेलनका क्रममा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसियालगायत विभिन्न देशका नेताहरूसँग छुट्टाछुट्टै द्विपक्षीय वार्ता गरिरहेका छन् । ११ सदस्य राष्ट्रसँगै १० साझेदार देशका नेतासमेत सहभागी सम्मेलनलाई लक्षित गर्दै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3