वीरगंज । वीरगंज–२८ बगहीमा वडास्तरीय युवा भेलामार्फत नेकपा एमालेको वडास्तरीय युवा कमिटी गठन भएको छ । स्थानीय बलिराम कुशवाहाको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको हो।
नेकपा एमाले वीरगंज महानगर कमिटीका उपसचिव जयनारायणसिंह कुर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ठूलो बगही, सितुवार दुई टोल, इनरवा, दरदरवाका युवाहरुको सहभागिता थियो ।
कमिटीले आगामी दिनमा चुनाव लक्षित संगठन मजबुत बनाउन गृहकार्य गर्ने र पार्टीलाई सघाउने लक्ष्य राखेको युवा कमिटी अध्यक्ष कुशवाहाले बताएका छन् ।
साभार:
घण्टाघर टिभी