Menu

आजको मौसम

बाराबाट तीन बालबालिका सम्पर्कबिहिन, खोजीका लागि अपिल

Author
News Feed |
September 13, 2026
Featured

बारा , भदौ २८ –

बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट तीन बालबालिका हराएका छन् ।

भारत घर भई हाल बकुलियामा बस्दै आएका मुकेश पासवानका ५ वर्षीय छोरा धिरज पासवान, ७ वर्षीया छोरी सुन्दरी पासवान र १० वर्षीया छोरी काजल पासवान भदौ २८ गते बिहान करिब ५ बजेबाट सम्पर्कविहीन भएका हुन् ।

धिरजले खैरो जिन्स पाइन्ट र पहेँलो सर्ट लगाएका छन् । सुन्दरीले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल तथा काजलले सेतो सर्ट, कालो पाइन्ट र कालो चप्पल लगाएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले तीनै बालबालिकाबारे कुनै जानकारी वा देखेमा ९८५५०४८१०१ वा ९८५५०४५१०१ मा अथवा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3