Menu

आजको मौसम

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका परिवारलाई महानगरले सहयोग गर्ने

Author
News Feed |
September 20, 2026
Featured

वीरगंज , असोज ४ –

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका ६ जनाका परिवारलाई महानगरपालिकाले राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने भएको छ।

बेपत्ता परिवारसँग भेट गर्न आइतबार नगरप्रमुख राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादव जगरनाथपुर पुगेका थिए। भेटमा नगरप्रमुख सिंहले परिवारको पीडामा महानगर साथमा रहेको भन्दै तत्काल आवश्यक सहयोग उपलब्ध गराउने बताएका छन्।

भदौ १० गते आएको बाढीपछि टिमुरेबाट साहबुद्दिन मन्सुरी (२१), राहुल मियाँ (२०), सरताज मियाँ (१४), समिम आलम (१७) र सर्फराज मियाँ (२०) तथा बेत्रावतीबाट रिजवान अन्सारी (१६) सम्पर्कविहीन भएका हुन्। उनीहरू मोटरसाइकल ग्यारेज तथा वर्कसपमा काम गर्दै आएका थिए।

बेपत्ताको पहिचानका लागि परिवारजनले डीएनए परीक्षणका लागि रगतको नमुना समेत दिएका छन्। लामो समय बितिसक्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले खोजी तथा पहिचान प्रक्रिया तीव्र बनाउन माग गरेका छन्।

नगरप्रमुख सिंहले बेपत्ताको खोजी, पहिचान तथा परिवारलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताएका छन्। महानगरले भोटेकोशी बाढीमा बेपत्ता भएका वीरगंजका अन्य परिवारलाई समेत आवश्यक सहयोग गर्ने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3