Menu

आजको मौसम

१३ लाख ७५ हजारसहित युवक पक्राउ

Author
News Feed |
September 13, 2026
Featured

काठमाडौं । स्रोत नखुलेको ठूलो रकमसहित हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको ठमेलबाट एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँँपालिका–३ घर भई हाल काठमाडौंको ठमेलमा बस्दै आएका २० वर्षीय युवराज घतानी रहेका छन।

शानिवार दिउँसो करिब ३ः३० बजे प्रहरी वृत्त दरवारमार्गबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित सञ्चयकोष सडकखण्डमा चेकजाँच गर्ने क्रममा घतानीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार केशरमहलबाट भीआईपी चोकतर्पm जाँदै गरेको बा.९७ प २६४४ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको नेपाली नगद १३ लाख ७५ हजार रुपियाँँ फेला परेको थियो। रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले घतानीलाई नियन्त्रणमा लिएर हुण्डी कारोवारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3