Menu

आजको मौसम

चिर्पट प्रहारबाट सर्लाहीमा एक जना गम्भीर घाइते : काठमाण्डौ रिफर

Author
News Feed |
September 16, 2026
Featured

सर्लाही , भदौ ३१ —

सर्लाहीको लालबन्दी नगरपालिका–१० चन्द्रपुरमा चिर्पट प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।

बुधबार बिहान चिर्पट प्रहारबाट स्थानीय ४० वर्षीय रमेश भुजेल घाइते भएका हुन्। उनलाई मोडेल अस्पताल लालबन्दीमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं लगिएको छ। उनी अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा ४५ वर्षीय ध्रुव भुजेललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले बताएका छन्। घटनामा प्रयोग भएको चिर्पटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

मदिरा सेवन गरी हो–हल्ला गरेपछि कुटपिट भएको प्रारम्भिक जानकारी आए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3