Menu

आजको मौसम

वीरगंजमा गाँजाको पुडिया बिक्री गर्ने एक पक्राउ,मुख्य कारोबारी खोज्दै प्रहरी

Author
News Feed |
September 16, 2026
Featured

वीरगंज, ३१ भदौ । वीरगंज महानगरपालिका–१८ इनार्वा मनियारीमा किराना पसलबाट १२५ ग्राम गाँजाको पुडियासहित एकजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

स्थानीय धर्मदेव साह कानुलाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापाको नेतृत्वमा गएको टोलीले आइतवार बिहान करिब ८ बजे पसलमा छापा मारी १२५ ग्राम गाँजाको पुडियासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय, श्रीपुरले सो गाउको एक किराना पसलमा गाँजा बेचिरहेको छ भन्ने सूचना प्राप्त भएपछि सोही आधारमा प्रहरीले छापामारी गरेको थियो । प्रहरीसंग पसलेले दुव्र्यवहार गरेको बताइन्छ । त्यसपछि प्रहरीले छापामारीको क्रममा १२५ ग्राम दुई तीनवटा गांजाको पुडिया फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले प्रहरी पसलमा छापा हान्न जाँदा कानुले दुर्व्यवहार गरेका थिए। सो शुरुमा अभद्र मुद्दा सँगसँगै कानूमाथि लागूऔषध मुद्दामासमेत अनुसन्धान भइरहेको बताए । कानु लागू औषध मुद्दामा दोषी देखिए,उनीमाथि पनि कडा कारबाही अगाडि बढाइने पर्सा प्रहरीले जनाएको छ । साथै,पर्सा प्रहरीले गाँजाको पुडिया गाउँ-घरको किराना पसलमा सप्लाई गर्ने मुख्य कारोबारीलाई पत्ता लगाउन अनुसन्धान अगाडि बढाएको पर्सा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3