Menu

आजको मौसम

चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा रविलाल शर्मा

Author
News Feed |
September 02, 2026
Featured

पर्सा , भदौ १७ –

सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

मंगलबारको मन्त्रिस्तरीय निर्णयबाट अध्यक्ष नियुक्त नभएसम्म बोर्डको कामकाज हेर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालले जानकारी दिए। शर्माले बुधबारदेखि कार्यभार सम्हालेका छन्।

मन्त्रालयले बोर्डको अध्यक्ष नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट प्रक्रिया चाँडै अघि बढाउने जनाएको छ। बाढी लगायतका कारण नियुक्ति प्रक्रिया केही ढिला भएको पौड्यालले बताए।

यसअघि अध्यक्ष रहेका दिनेश डीसीको कार्यकाल भदौ ११ गते सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3