वीरगंज, २४ भदौं । भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भाद्र २३ गते अपरान्ह करिब १४ः४० बजे वीरगंज महानगरपालिकाका विभिन्न स्थानहरूबाट अवैध रूपमा सञ्चालन भइरहेका ती स्कुटरहरू नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका १७ वटा इलेक्ट्रिक स्कुटरहरूको अनुमानित मूल्याङ्कन रू. १३ लाख ६० हजार रहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार नियन्त्रणमा लिइएका स्कुटरहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको छ।
साभार:
घण्टाघर टिभी