Menu

आजको मौसम

२१ लाखको औषधि तथा सामान बरामद

Author
News Feed |
September 23, 2026
Featured

वीरगंज । भन्सार छली गरी भारतबाट ल्याइएको आशंकामा २१ लाख मूल्य बराबरको औषधि तथा खाद्यान्न सामग्री प्रहरीले बरामद गरी वीरगंज भन्सारलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१६ स्थित इनर्वा र छपकैयाबाट प्रहरीले २० लाख ८१ हजार २२० रुपियाँँ मूल्य बराबरका औषधि तथा खाद्यान्न सामग्री नियन्त्रणमा लिएको हो ।

भन्सार राजस्व छली गरी भारतबाट ल्याइएको आशंकामा बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3