Menu

आजको मौसम

वडाध्यक्ष यादवमाथि ज्यान मार्ने प्रयासको आरोपमा एक किशोर पक्राउ

Author
News Feed |
September 12, 2026
Featured

वीरगंज , भदौ २७ –

पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ का वडाध्यक्ष अशेश्वरप्रसाद यादवमाथि ज्यान मार्ने प्रयास भएको आरोपमा प्रहरीले एक १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष यादवका अनुसार ससुरालीबाट घर फर्किने क्रममा सखुवाप्रसौनी–६ एकडवाबाट दक्षिणतर्फ हुलाकी सडकखण्डमा पुगेका बेला अपरिचित व्यक्तिहरूले आफूमाथि आक्रमणको प्रयास गरेका थिए । घटनास्थलबाट भागेर आफूले ज्यान जोगाएको यादवले बताएका छन् ।

घटनापछि यादवले प्रहरी चौकी महुवनमा जानकारी गराएका थिए । प्रहरी निरीक्षक रामाशंकर यादवको नेतृत्वमा खटिएको टोलीले घटनामा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका–१० का १५ वर्षीय करण यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका किशोरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको प्रहरीले जनाएको छ । घटनाको कारण, अन्य व्यक्तिको संलग्नता तथा आक्रमणमा प्रयोग भएको भनिएका साधन वा सामग्रीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनाको थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3