Menu

आजको मौसम

क्लार्कको क्यासिनोबाट सखुवाप्रसौनीका अध्यक्षसहित ८ जना पक्राउ

Author
News Feed |
September 06, 2026
Featured

वीरगंज , भदौ २१ –

पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी गाडी लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् ।

शनिबार राति पर्सा प्रहरीले चलाएको विशेष अप्रेसनका क्रममा गण्डकस्थित क्लार्क रिसोर्ट होटलको क्यासिनोबाट यादवसहित आठ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको स्कोर्पियोसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार अध्यक्ष यादवसहित पक्राउ परेका क्यासिनोका कर्मचारीको पहिचान तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको छ । सरकारी जिम्मेवारीमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधनसहित क्यासिनो परिसरमा भेटिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लले घटनाबारे आइतबार प्रेस विज्ञप्तिमार्फत विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए ।

क्यासिनोमा नेपाली नागरिकलाई प्रवेशमा कानुनले रोक लगाएको भए पनि कानुनको जानकार रहेका अध्यक्ष यादव जानी जानी क्यासिनो गएको देखिएको हो ।

सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुगेका जनप्रतिनिधि पक्राउ परेको यो घटना पर्सामा पहिलो भएको हो । घटनाले सरकारी स्रोतसाधनको दुरुपयोग र जनप्रतिनिधिको आचरणमाथि समेत प्रश्न उठाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3