Menu

आजको मौसम

उद्घाटन भएको १९ महिनासम्म पनि सञ्चालनमा आएन कृषि बजार तथा चिस्यान केन्द्र

Author
News Feed |
September 07, 2026
Featured

पर्सा , भदौ २२ –

पटेर्वासुगौली गाउँपालिका–२ रङ्गपुरटाँडीमा करीब १ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको कृषि बजार तथा चिस्यान केन्द्र उद्घाटन भएको १९ महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

मधेस प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण भएको केन्द्रको २०८१ फागुन ६ गते तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्रीले उद्घाटन गरेका थिए । तर उद्घाटनपछि पनि सञ्चालनमा नआउँदा स्थानीयले चासो र असन्तुष्टि व्यक्त गरेका छन् ।

स्थानीयका अनुसार बजार सञ्चालनका लागि टेन्डर प्रक्रिया अघि बढाइएको भनिए पनि प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन । सञ्चालनविहीन भवनमा शौचालय, ढलान तथा प्लास्टरमा क्षति देखिन थालेको र कोल्ड स्टोरका एसी तथा अन्य उपकरणसमेत प्रयोगविहीन अवस्थामा रहेको स्थानीयले बताएका छन् ।

कृषि उपज सुरक्षित राख्ने र बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले निर्माण गरिएको केन्द्र तत्काल सञ्चालनमा ल्याउन स्थानीयले प्रदेश सरकार र गाउँपालिकासँग माग गरेका छन् ।

प्रतीक दैनिक // सभार

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3