Menu

आजको मौसम

शिक्षक सरुवा विवादमा अदालतको आदेश कार्यान्वयन नभएको यादव पक्षको दाबी

Author
News Feed |
September 27, 2026
Featured

वीरगंज  , असोज ११ –

शिक्षक सरुवा र हाजिरीसम्बन्धी विवादमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले दिएको अन्तरिम आदेश कार्यान्वयन नभएको प्रधानाध्यापक सञ्जय कुमार यादव पक्षले जनाएको छ।

यादवसमेतले श्री जानकी राजेश पण्डित आधारभूत विद्यालय, बेलाहिटोललगायतलाई विपक्षी बनाई दायर गरेको रिटमा अदालतले अन्तिम फैसला नभएसम्म सरुवा भएका शिक्षकलाई सम्बन्धित विद्यालयमा हाजिर गराउन आदेश दिएको बताइएको छ।

यादवका अनुसार आदेश कार्यान्वयनका विषयमा पोखरिया इलाका प्रहरीले पुराना प्रधानाध्यापक रामदिनेश पाण्डेलाई केही समय नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। तर, त्यसपछि पनि विद्यालयमा आदेशअनुसारको अवस्था सिर्जना नभएको यादव पक्षको दाबी छ।

अदालतको आदेश कार्यान्वयन गराउन र आदेश उल्लंघन भएको भए कानुनअनुसार छानबिन तथा कारबाही गर्न यादव पक्षले माग गरेको छ। घटनाबारे पण्डित पक्ष, प्रहरी र सम्बन्धित गाउँपालिकाको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3