Menu

आजको मौसम

१ अर्ब ३४ करोडको अवैध हुन्डी कारोबार आरोपमा २४ वर्षीय युवक पक्राउ

Author
News Feed |
September 17, 2026
Featured

धनुषा , असार १ —

एक अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाका २४ वर्षीय अजयकुमार मुखिया पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार शहीदनगर नगरपालिका–४ निवासी मुखियाले विभिन्न मुलुकबाट व्यक्तिगत तथा व्यावसायिक बैंक खातामार्फत १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको अनुसन्धानबाट खुलेको छ।

धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मंगलबार मुखियालाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले हुन्डी कारोबारमा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3