Menu

आजको मौसम

वीरगंजका विद्यालयमा असोज ९ गते पठनपाठन बन्द

Author
News Feed |
September 24, 2026
Featured

वीरगंज , असोज ८ –

प्रतिकूल मौसम र वर्षाका कारण वीरगंज महानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा भोलि असोज ९ गते पठनपाठन बन्द हुने भएको छ।

वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार सूचना जारी गर्दै भारी वर्षा, हावाहुरी तथा चट्याङबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गर्ने जनाएको हो।

शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त पत्रअनुसार देशका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी र चट्याङको सम्भावना रहेकाले विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षालाई प्राथमिकता दिँदै पठनपाठन बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा नजान आग्रह गरेको छ। विपद्को अवस्था सिर्जना भए विद्यालय भवनलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्नसमेत विद्यालय प्रशासनलाई निर्देशन दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3