Menu

आजको मौसम

प्रहरीको नाममा रकम असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

Author
News Feed |
September 13, 2026
Featured

रौतहट , भदौ २८ –

प्रहरीको नाम र पहुँच दुरुपयोग गर्दै थुनुवालाई छुटाइदिने भन्दै एक लाख रुपैयाँ असुली गरेको आरोपमा गरुडा नगरपालिका–९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैन पक्राउ परेका छन्।

श्रीपुरमा भएको झगडाका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेपछि हुस्नैनले उनकी श्रीमतीसँग प्रहरीसँग कुरा गरेर मुद्दा मिलाइदिने र थुनुवालाई छुटाइदिने भन्दै एक लाख रुपैयाँ लिएको प्रहरीको भनाइ छ।

रकम दिएपछि पनि रामजन नछुटेपछि उनकी श्रीमतीले ठगी भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा पक्राउ परेका हुस्नैनमाथि जिल्ला अदालत गौरबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी शंकरप्रसाद आचार्यले बताएका छन्।

यसै घटनामा गरुडा–९ का वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवा छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा जाहेरी परेको छ। सहनीले भने आफूले कसैसँग रकम नलिएको भन्दै आरोप अस्वीकार गरेका छन्। प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3