Menu

आजको मौसम

भोटेकोशी बाढी वर्षाले नभई हिमपहिरोका कारण आएको अध्ययनको निष्कर्ष

Author
News Feed |
September 13, 2026
Featured

पर्सा , भदौ २८ –

भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको अध्ययनले देखाएको छ ।

जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको प्रतिवेदनअनुसार माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा गएको ‘आइस–रक एभलान्स’ अर्थात् हिमपहिरोका कारण बाढी आएको हो । हिमपहिरोका क्रममा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा रेकर्ड भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार बाढी रसुवागढीसम्म प्रतिघण्टा ८८ किलोमिटरको गतिमा आएको थियो । तीव्र वेगका कारण रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र मलेखुका जलमापन केन्द्र बगेर पूर्णरूपमा नष्ट भएका छन् ।

बाढीको जोखिमबारे रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा ६ लाख ७८ हजारभन्दा बढी एसएमएस पठाएर सतर्क गराइएको प्रतिवेदनमा उल्लेख छ । माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा बनेका दुई अस्थायी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको जनाइएको छ ।

यसैबीच, भविष्यमा तत्काल पूर्वसूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलोपटक सीसीटीभीमार्फत ‘रियल–टाइम’ नदी अनुगमन प्रणाली जडान गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3