Menu

आजको मौसम

ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा पूर्व नापी कर्मचारी सञ्जय ठाकुर पक्राउ

Author
News Feed |
September 08, 2026
Featured

वीरगंज । ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा पूर्व नापी कर्मचारी सञ्जय ठाकुर पक्राउ परेका छन् ।

वीरगन्जस्थित नबिल बैक, पुजन होटल, एनआईसि एसिया बैंक, सुनिल गुप्ता, श्री लाल रौनियार, बैजनाथ गुप्ता, उमेश चन्द्रनेपाल स्काईलाइन मल लगायतका जग्गासम्बन्धी विवादमा नाम जोडिएका पूर्व नापी कर्मचारी सञ्जय कुमार ठाकुर काठमाडौंबाट पक्राउ परेका छन। पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लका अनुसार ठाकुरलाई पक्राउ गर्न पर्साबाटै विशेष प्रहरी टोली परिचालन गरिएको थियो। टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो।
पक्राउ परेका ठाकुरलाई हाल काठमाडौंस्थित जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ। उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि पर्सा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3