Menu

आजको मौसम

हतियारसहित एक युवक पक्राउ

Author
News Feed |
September 06, 2026
Featured

रक्सौल- भारत, आदापुर प्रहरी र एसएसबीको संयुक्त टोलीले रक्सौल-घोडासहन नहर पथस्थित धबधबवा गाउँनजिकै ठूलो कारबाही गरेको छ।

गोप्य सूचनाको आधारमा चलाइएको विशेष जाँच अभियानका क्रममा प्रहरीले यूएसएमा निर्मित पेस्तोलसहित एक मोटरसाइकल चालक युवकलाई रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्ने आरोपी हरसिद्धि थाना क्षेत्रका बासिन्दा २३ वर्षीय अभिषेक कुमार हुन्।

थानाध्यक्ष रूपम कुमारीले आरोपी कुनै आपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले जाँदै गरेकाे बताएकी छिन्।

प्रहरीलाई देख्नैसाथ भगाउने प्रयास गर्दा उनी मोटरसाइकलसहित लडेका थिए, त्यसपछि सुरक्षाकर्मीहरूले लखेटेर उनलाई नियन्त्रणमा लिए ।

प्रहरीले विदेशी पेस्तोल र मोटरसाइकल जफत गरेको छ भने आरोपीविरुद्ध एफआईआर (जाहेरी) दर्ता गरी न्यायिक हिरासतमा मोतिहारी पठाउँदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3