Menu

आजको मौसम

रसुवा बाढीमा बेपत्ता पटेलको दाहसंस्कार

Author
News Feed |
September 16, 2026
Featured

वीरगंज, ३१ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका बारा,कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराटपुरका ३० वर्षीय सुवास पटेलको आज कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।

बैराटपुर गाउँको उत्तरपट्टि भएर बग्ने बंगरी खोलाको किनारमा रहेको शमशान घाटमा उनको दाहसंस्कार गरिएको हो। २० दिन देखि बेपत्ता रहेका पटेलको बाढीमै परेर निधन भएको भन्दै परिवारजनले उनको आत्माको शान्ति र क्रियाको श्राद्धको क्रिया पूरा गर्न गरुड पुराणमा भएको धार्मिक परम्परा अनुसार निजको दाहसंस्कार गरिएको निजका बुवा पन्नालाल राउतले जानकारी गराए ।

आर्थिक अवस्था कमजोर रहेको सोपरिवारले हालसम्म कुनै निकायबाट राहत एवं क्षतिपूर्ति केही नपाएको भन्दै सरोकारवाला निकायबाट त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । वीरगंज-१२ मुर्लीका नुरुल होदा अन्सारीको ट्रकको सहचालकको रुपमा काम गर्दै आएका पटेल रसुवा भन्सारबाट समान ल्याउन उनी त्याहा गएका थिए ।

भदौ १० गते बिहान ८:२४ बजेसम्म उनीसँग अन्तिम पटक कुरा भएको र त्यसपछि उनको फोन नलाग्ने गरेको र उनले लगेको गाडी समेत फेला नपरेपछि घरपरिवारले बताएका छन् ।

त्यसैगरी,कलैया उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष आमिन अन्सारीका अनुसार उनले बाढी पिडितमा परेर मृत्युवरण गरेका पटेलको घरपरिवारलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3