Menu

आजको मौसम

केडिया आँखा अस्पतालद्वारा बाढीपीडितलाई १० लाख ९४ हजार सहयोग

Author
News Feed |
September 09, 2026
Featured

वीरगंज, भदौ २४ –

रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा कुल १० लाख ९४ हजार १६१ रुपैयाँ सहयोग गरेको छ ।

अस्पतालका कर्मचारी तथा पसल व्यवसायीबाट संकलित १ लाख ९४ हजार १६१ रुपैयाँ र महावीरप्रसाद–बृजलाल केडिया सेवा ट्रस्टबाट २ लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो । यसअघि अस्पतालले नेपाल नेत्रज्योति संघमार्फत ७ लाख रुपैयाँ सहयोग गरेको थियो ।

यसैबीच, अस्पताल परिसरमा मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3