Menu

आजको मौसम

स्माइक सहित दुई जना पक्राउ

Author
News Feed |
September 26, 2026
Featured

रक्सौल। भारतको सीमावर्ती सहर रक्सौलमा प्रहरीले प्रतिबन्धित लागुऔषधको अवैध कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

रक्सौल थाना प्रहरीका अनुसार लक्ष्मीपुरस्थित रेहान बिरयानी ढाबानजिक प्रतिबन्धित लागुऔषध ‘स्माइक ’को बिक्री भइरहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले विशेष टोली परिचालन गरी छापा मारेको थियो।

प्रहरीको कारबाहीका क्रममा ५.९ ग्राम प्रतिबन्धित लागुऔषध र दुई थान स्मार्टफोन बरामद गरिएको छ। पक्राउ पर्नेमा रामगढवाका राजू कुमार र रक्सौल लक्ष्मीपुरका रबि कुमार रहेका छन्।
यस घटनामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिको समेत पहिचान भएको प्रहरीले जनाएको छ। उनको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3