Menu

आजको मौसम

धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजारसहित भारतीय नागरिक पक्राउ

Author
News Feed |
September 17, 2026
Featured

पर्सा , असोज १ –

धनुषामा स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार बुधबार धनौजीबाट खटिएको प्रहरी टोलीले भारतबाट गौरदाहातर्फ आउँदै गरेको बीआर ३२ बीबी १८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारत बिहार, मधुवनीका ३५ वर्षीय राधाकान्त बयाग्रेलाई पक्राउ गरेको हो।

उनको कम्मरमा कपडाको पेटीभित्र लुकाएर राखिएको अवस्थामा नेपाली नगद १३ लाख ६५ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताएका छन्।

बरामद रकमको स्रोत र कारोबारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3