Menu

आजको मौसम

रौतहटमा माछा फर्मका कामदारमाथि छुरा प्रहार

Author
News Feed |
September 08, 2026
Featured

रौतहट , भदौ २३ –

परोहा नगरपालिका–९ रामपुर खापमा माछा पालन फर्ममा कार्यरत एक कामदारमाथि छुरा प्रहार भएको छ । घटनापछि पीडित पक्षले दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ ।

आइतबार राति करिब ९ः३० बजे स्थानीय माछा फर्ममा कार्यरत दिपेश पासवानमाथि रामपुर टोलका २/३ जना युवाले धारिलो हतियार प्रहार गरेको स्थानीयले बताएका छन् । घाइते पासवानको स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

घटनास्थल सशस्त्र प्रहरीको बीओपी रामपुर खापबाट करिब १५० मिटरको दूरीमा रहेको बताइएको छ । पीडित पक्षले घटनाबारे प्रहरी चौकीमा लिखित निवेदन दिँदै कारबाही माग गरे पनि प्रहरीले मेलमिलापका लागि दबाब दिएको आरोप लगाएको छ ।

स्थानीयले रामपुर क्षेत्रमा केही युवाहरू लागूऔषध सेवन तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् । पछिल्लो घटनाले क्षेत्रको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको भन्दै स्थानीयले निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् ।

घटनामा संलग्न भनिएका व्यक्तिमाथि हालसम्म भएको कारबाही र मेलमिलापका लागि दबाब दिएको आरोपबारे प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3