Menu

आजको मौसम

क्यासिनोबाट गापा अध्यक्ष यादव र प्रनि पौडेलसहित ८ जना पक्राउ

Author
News Feed |
September 06, 2026
Featured

वीरगंज । वीरगंजस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलसहित आठ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगंज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा शुक्रबार राति छापा मार्दा जुवा खेलिरहेको अवस्थामा चार जना र नेपालीलाई क्यासिनो प्रवेश गराई जुवा खेलाएको आरोपमा चार जना कर्मचारी पक्राउ परेका हुन् ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा सखुवाप्रसौनी–६ का गाउँपालिका अध्यक्ष यादव, चन्दन सहनी, वीरगंज–११ का ओमप्रकाश बैठा र स्याङ्जाका प्रदीप पौडेल रहेका छन् । पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक हुन् ।

त्यस्तै क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साह पक्राउ परेका छन् । प्रदेशी साह भोजपुरी अभिनेता समेत हुन ।

प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3