Menu

आजको मौसम

‘बिग बोस २०, शुरु : सलमान खान होस्ट , यस्ता छन सहभागीहरु

Author
News Feed |
September 08, 2026
Featured

मुम्बई , भदौ २३ –

भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस २०’ आइतबारदेखि सुरु भएकोछ । नयाँ सिजनमा सलमान खान पुनः होस्टका रूपमा फर्केका छन ।

प्रिमियरअघि नै शोमा प्रतियोगीका रूपमा ओलम्पिक पदक विजेता बक्सर मेरी कोम, अभिनेत्री अम्रपाली दुबे, गीता बसरा, माही विज, कनिका मान, अभिनेता अमन गान्धी, आसिफ खानलगायतका सहभागी छन ।

यस्तै, कुशल तन्वर, काजी तौकीर, ईशा रिखी, लभ गिल, उदिति सिंह, तन्मय सिंह, अरिश्फा खान, यङ डीएसए, ऋति तिवारी, रिया अहिर र रोहेड खान पनि सम्भावित प्रतियोगीका रूपमा उल्लेख गरिएका छन् । यद्यपि यी नाममध्ये सबैको सहभागिता कार्यक्रम सुरु हुनुअघि आधिकारिक रूपमा पुष्टि भएको छैन ।

नयाँ सिजनमा प्रतियोगीका लागि अतिरिक्त ‘लाइफलाइन’समेत थपिएको छ । प्रत्येक प्रतियोगीले ‘वरदान’ वा ‘जीवनदान’मध्ये कुनै एक प्राप्त गर्ने अवसर पाउनेछन्, जसले खेलमा अतिरिक्त फाइदा दिनेछ । घरभित्र रहेको ‘टु एक्स रुम’ले यो अवसर कसले पाउने भन्ने निर्धारणमा भूमिका खेल्ने जनाइएको छ ।

‘बिग बोस २०’ को प्रिमियर एपिसोडमा सलमान खानले प्रतियोगीहरूको परिचय गराउँदै नयाँ सिजनको सुरुवात गर्नेछन् । शोमा सहभागी हुने सेलिब्रिटीको अन्तिम सूची भने प्रिमियरपछि मात्र स्पष्ट हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3

सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3

स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3

धर्म-दर्शन $type=triple-post$count=3